लागूऔषधसहित भारतीय नागरिक पक्राउ

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
लागूऔषधसहित काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट भारत विहार घर भएका २४ वर्षीय दिलीप साहलाई प्रहरीले पक्राउ गरेको छ ।

नियन्त्रित लागूऔषध फेनरागन ६५० एम्पुल, डाइजेपाम ६५० एम्पुल र नुर्फिन ६५० एम्पुलसहित बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा ७ ख ५३७६ नं.को बसलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाई–छिपाई ल्याउँदै गरेको अबस्थामा उक्त लागूऔषध बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो । उनको लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको नागढुङ्गा प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित ढुङ्गेधारा नजीक बाटोमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।
रासस

Skip This
Skip This
Logo