सरकारी बैंकले ढिलासुस्ती गर्न नहुने

सरकारी बैंकले ढिलासुस्ती गर्न नहुने

केन्द्रबिन्दु
0
Shares

धनगढी,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने सेवामा गति आउनुपर्ने बताउनु भएको छ । धनगढीमा आयोजित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन समारोहमा उहाँले सरकारी बैंकले प्रदान गर्ने सेवामा ढिलासुस्ती र लापरवाही हुने गरेकाले यसलाई नियमन गर्न प्रदेश कार्यालयले कदम चाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ।

उहाँले भन्नुभयो, “सरकारी सेवामा हुने ढिलासुस्ती न्यूनीकरणका लागि व्यवस्थापन टोली बलियो भएर लाग्नु जरुरी रहेको बताउनुभयो ।” उद्घाटन समारोहमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य बैंकले सबै जिल्लामा आफ्नो सेवा विस्तार गरी सकेको जानकारी दिनुभयो । उहाँले सङ्घीय ढाँचा अनुसार सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको उल्लेख गर्नुभयो ।

सरकारको पूर्ण स्वामित्व भएको वाणिज्य बैंकका २३८ वटा शाखा कार्यालयबाट आफ्ना सेवाहरु प्रवाह गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

Skip This
Skip This
Logo