काठमाडौँ,
प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बसेको छ । बैठक आगामी मंशिर १४ मा हुने उपनिर्वाचनमा केन्द्रीत रहेको बताइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत सहभागी रहेका थिए ।
बैठकमा एकता र उत्साहसाथ उपनिर्वाचनमा होमिने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उम्मेदवार छान्ने विषयमा किचलो भएपछि बुधबार बैठक स्थगित भएको थियो ।































प्रतिक्रिया