पेट्रोलियम अन्वेषणको तयारी अन्तिम चरणमा

पेट्रोलियम अन्वेषणको तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

दैलेख,
जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ । डुंगेश्वर गाउँपालिका–१, चुप्रास्थित वडा कार्यालय छेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको हो।

एक हप्तामै शौचालय, खानेपानीका धारा बनाएका उनीहरूले महिना दिनभित्रै बस्ने टेन्ट पनि हाले । वरपर सुरक्षाका लागि घेरबार लगाउने लगायत काम चलिरहेको छ।

चिनियाँ विशेषज्ञ टोली दसैं लगत्तै दैलेख आएको थियो । टोलीका सदस्यहरू सदरमुकामको होटलमा बस्छन् । विहानै साइटमा निस्कन्छन् । ‘होटलमै ब्रेकफास्ट गरेर विशेषज्ञ टोली फिल्ड जान्छ,’ टोलीका एक सदस्यले भने, ‘राति अबेर मात्र फिल्डबाट होटल फर्कन्छन् ।’

क्याम्पमा नेपाली तथा चिनियाँ प्राविधिक र कामदार बस्ने व्यवस्थापन पक्षले जनाएको छ। अन्वेषणमा सहभागी कामदार र प्राविधिकका लागि टेन्ट र शौचालय, खाने–बस्ने ठाउँ बनाउने काम अन्तिम चरणमा पुगेकोे अन्वेषणको व्यवस्थापन गरिरहेको बिजिपी नेपालका कार्यक्रम संयोजक सूर्यमणि लामिछानेले बताए । ‘अहिले व्यवस्थापनको काम भइरहेको छ।’ लामिछानेले भने, ‘ड्रिल गर्ने लगायत काम हप्ता दिनमा सुरु हुनेछ।’

दुई स्थानमा अन्वेषणका लागि आउने टोली बस्ने गरी व्यवस्थापन मिलाएको उनले बताए। दैलेखको दुल्लु नगरपालिकाको हस्पिटलनजिकको चौर र डुंगेश्वर गाउँपालिकाको चुप्रामा क्याम्प राखिएको हो। अहिले दुवै ठाउँमा आवास निर्माण कार्य दु्रत गतिमा चलिरहेको छ। चुप्रामा १२ वटा टेन्ट राखिएको छ। आवश्यकता अनुसार टेन्ट थप्ने योजना छ।

प्रारम्भिक चरणको अध्ययन गरिसकेको टोलीले अब तीन महिना जिल्लामै बसेर अन्वेषणको काम गर्नेछ। उनीहरूले स्थापना गरेको दुईवटा क्याम्पबाट प्राविधिक र कामदार खटिनेछन्। त्यसका लागि आवश्यक व्यवस्थापन कार्य दैलेखको डुंगेश्वर गाउँपालिका र दुल्लु नगपालिकामा भइरहेको छ। खानी तथा भू–गर्भ विभागको पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले अति संवेदनशील भएकाले तेल र ग्यास अन्वेषणका लागि विशेषज्ञहरूले सूक्ष्म ढंगले काम गर्ने बताए।

नागरिकबाट

Skip This
Skip This
Logo