प्रधानमन्त्री चिकित्सकको निगरानीमा

प्रधानमन्त्री चिकित्सकको निगरानीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

दुई दिनको उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सकको प्रत्यक्ष निगरानीमा आराम गरेका छन् । उनको काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार र बिहीबार दुईपटक हेमोडायलासिस गरिएको थियो।

प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘डाक्टरको मनिटरिङमा उहाँ (प्रधानमन्त्री) ले आज दिनभरि आराम गर्नुभयो।’ ओलीलाई उपचारमा संलग्न दुई चिकित्सक दिव्या सिंह र दिलीप शर्माले शुक्रबार भेटेका थिए। डाक्टरद्वयसँग स्वास्थ्य अवस्था र उपचार विधिका विषयमा प्रधानमन्त्री ओलीले लामो छलफल गरेका थिए।

चिकित्सकद्वय सिंह र शर्माले ग्रान्डीमा गरेको स्वास्थ्य परीक्षणको रिपोर्ट हेर्नुका साथै केही दिनको ‘अब्जरभेसन’ पछि थप उपचार विधि र प्रक्रिया निर्धारण गरिने बताएका थिए। शर्मालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेलाई ठीक छ। केही दिन हेरौं।

यसबीचमा देशभित्र र बाहिरका चिकित्सकसँग पनि परामर्श गरौंला। त्यसपछि मात्रै के कस्तो विधि अपनाउने भन्ने निर्णय गरौंला।’ प्रधानमन्त्रीलाई फेरि पनि डायलासिस गर्नुपर्ने हो भन्ने प्रश्नमा बालुवाटार स्रोतले भन्यो, ‘चिकित्सकले नै केही दिन पर्खिन भनेकाले पनि अहिले नै अबको उपचार विधि र प्रक्रियाका विषयमा भन्नु अपरिपक्व हुन्छ।’

चिकित्सकको सल्लाहमा औषधि घटाउने बढाउने क्रम चलिरहेको बताउँदै स्रोतले थप्यो, ‘भोलि (शनिबार) नै हेमोडायलासिसमा जाने कुरा होइन।’ १२ वर्ष अघि मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या पुरानै भएको सुनाउँदै निकट स्रोतले भन्यो, ‘रेगुलर स्वास्थ्यमा समस्या भएकै हो।’
नागरिकबाट

Skip This
Skip This
Logo