ब्राजिलमा भिषण डढेलो, नियन्त्रण बाहिर

ब्राजिलमा भिषण डढेलो, नियन्त्रण बाहिर

केन्द्रबिन्दु
0
Shares

रियो दि जेनेरियो,

ब्राजिलका उष्णतटबन्धीय क्षेत्रको जंगलमा भिषण आगलागी भएको छ । पर्यटकीय क्षेत्र पन्टानल वेटल्याण्डमा यसको असर परेको छ । दक्षिणी राज्य माटो ग्रोस्सो डु सुलस्थित सरकारी कार्यालयले जनाए अनुसार आगलागी अहिलेसम्मकै ठूलो छ ।

जसकारण ५० हजार हेक्टर वन क्षेत्र प्रभावित बनेको छ । अक्टोबर २५ मा सुरु भएको डढेलो अझै निभेको छैन । सरकारी निकायले विज्ञप्ति निकाल्दै अवस्था संवेदनशील भएको जनाएको छ ।

राष्ट्रिय जोखिम व्यवस्थापन केन्द्रका संयोजक पाउलो बार्बोसा डे साउजाले सुख्खा डढेलो हावा र सुख्खा वनस्पतिका कारण कठिनाइ निम्तिएको बताएका छन् ।
एजेन्सी

Skip This
Skip This
Logo