काठमाडौं ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सले नाफा १९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २४.०९५ प्रतिशत बढी हो । गत वर्षको यही अवधिमा कम्पनीले १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा प्राइम लाइफ कम्पनीले २ अर्ब ८० लाख रुपैयाँ खुद (छ महिनाभित्र जम्मा भएको पुँजि) बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीको जीवन बिमा कोष २९.२१५ ले बढेर १३ अर्ब ९ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
हाल चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६१ करोड ७२ लाख रुपैयाँ छ । प्रति सेयर आम्दानी १६ रुपैयाँ २ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६१ पैसा छ ।





























प्रतिक्रिया