महराको बयान- “मोबाइल हराएको थियो, महिलाको घर गएकै छैन”

महराको बयान- “मोबाइल हराएको थियो, महिलाको घर गएकै छैन”

केन्द्रबिन्दु
0
Shares

तत्कालिन सभामुख कृष्णबहादुर महराले आफूलाई आरोप लगाउने महिलाको घर नगएको बयान दिएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा बयान दिंदै महराले आफू महिलाको घरको बाटो गएको तर घरमा नपसेको बयान दिएका हुन् ।

अहिले जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा महराको भइरहेको छ। महराको बयानको सकिएपछि उनका पक्ष र विपक्षका वकिलहरुले थुनछेकको बहस गर्नेछन् । बहस सकिएको अवस्थामा शुक्रबार नै उनी पुर्पक्षका लागि थुनामा जाने, सामान्य तारेखमा छुट्ने अथवा धरौटीमा रिहा हुने भन्ने आदेश हुनेछ।

सरकारी वकिलको कार्यालयले बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरेको छ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालिएको थियो।

प्रहरी अनुसन्धामा महराले डीएनए परीक्षण गर्न समेत मानेका छैनन् भने उनले आफ्नो मोबाइल हराएको बयान दिएका छन् ।

Skip This
Skip This
Logo