काठमाडौँमा सांसदको घरमा चोरी

काठमाडौँमा सांसदको घरमा चोरी

केन्द्रबिन्दु
0
Shares

सांसद राजेन्द्र गौतमको निवासमा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको हो । बुधबार दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको हुनसक्ने गौतम बताउँछन् । आफू सिंहदरबार र पत्नी कार्यालय गएका बेला घरको मूल ढोकाको ताल्चा फुटाई नगद तथा गरगहना चोरी भएको उनले बताए ।

गौतम संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यका साथै नेकपाका केन्द्रीय सदस्य एवम् प्रेस संगठनको इञ्चार्ज हुन् । गौतम बस्दै आएको घर सूचना आयोगको कार्यालयसँगै छ । गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ ।

चोरी भएको जानकारी प्रहरीलाई गराएपछि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र नयाँबानेश्वर प्रहरी प्रमुखसहितको टोली गौतमको निवासमा पुगेको थियो । प्रहरीले चोरमा संलग्न कसैलाई पनि पक्रेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo