दोलखा,
दोलखाको भीमेश्वर नगरपालिका २ मा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा गाडीमा रहेका ९ बर्षिया एक बालिकाको मृत्यु भएको छ । अन्य ५ जना घाइते छन् ।
दोलखा बजारबाट नागदहतर्फ केही तल रहेको सोक्ला गाउँबाट ९ जना यात्रु बोकेर दोलखा बजारतर्फ आइरहेको बा १४ च ७६७ नम्बरको उक्त बोलेरो सडकबाट २० फिट तल पुगेको छ । सो गाउँकै ९ बर्षिया रोशनी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारी अनुसार दुर्घटनामा परेर गम्भीर घाइते रोशनीको सदरमुकाम चरिकोटमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परी रोशनीका बाबु भोजबहादुरसहित ५ जना घाइते भएका छन्। घाइतेमध्ये चालक मनु तामाङ गम्भीर रहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया