प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलमा विरोध प्रदर्शन भएको छ।
प्रधानमन्त्री ओली सवार विमान अवतरण गराउनका लागि यात्रुहरु राखेर रनवेतर्फ जाँदै गरेको श्री एयरलाइन्सको हवाई जहाजलाई रोक्न निर्देशन दिईएपछि विरोध भएको हो । उड्न ठिक्क परेको जहाज रोकिएपछि यात्रुले विरोध जनाएका हुन् । स्थिति तनावमय हुने अवस्था आएपछि प्रहरी नै बोलाउनु परेको थियो । काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्सको एसएचए ९४१ कलसाइन विमान यात्रुहरु आक्रोशित बनेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन् ।































प्रतिक्रिया