काठमाडौं,
र्यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् । ‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा प्रयोग भएका शब्द र फेसबुकमा राखेको तस्वीरका आधारमा पक्राउ परेका भिटेनलाई प्रहरीले शुक्रबार राति छोडेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो । अभद्र व्यवहारको आरोपमा सात दिनको म्याद लिई थुनामा राखेका र्यापर भिटेन तारिखमा रिहा गरेको प्रहरीले जनाएको छ । उनी पक्राउ परेपछि ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्युबबाट हटाइएको थियो ।





























प्रतिक्रिया