नयाँदिल्ली,
भारतका मस्जिदमा महिलाको प्रवेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामाथि शुक्रबार सुनुवाइको क्रममा अदालतले केन्द्रीय कानुन तथा अल्पसंख्यक मन्त्रालयसँग जवाफ मागेको छ ।
सर्वोच्चमा अर्को सुनुवाइ आगामी नोभेम्बर ५ मा हुने बताइएको छ । पुणेका यास्मिन र उनका पति जुबेर अहमद पीरजादेले मुद्दा दायरा गरेका थिए ।
यसमा सरकारी अधिकारीहरु र वक्फ फोर्ड जस्तो मुस्लिम संगठन लगायतले महिलाहरुलाई देशका सबै मस्जिदमा प्रवेशको अनुमति दिनुपर्ने आग्रह गर्दै आएका थिए । मस्जिदमा महिलाको प्रवेश रोक्नु उनीहरुको मौलिक अधिकार हनन् भएको मुद्दा दायर गर्नेको तर्क छ ।
एजेन्सी





























प्रतिक्रिया