काठमाडौं ।
राप्रपा अध्यक्ष कमल थापाले २००७ सालमा दुई दर्जन क्रिश्चियन रहेका भएपनि अहिले आएर ४० लाख क्रिश्चियन भएको भन्दै नेपाली जनतालाई के तपाईँलाई मन दुख्दैन, भनेर प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन । सबै धर्म प्रति मेरो सम्मान छ । तर विसं २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनाबद्ध र संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ । हाम्रो गौरवशाली सनातन धर्म र सभ्यतामाथिको यो आक्रमणले असह्य पीडा हुन्छ। के तपाईंको मन दुःख्दैन ?’

अध्यक्ष थापाले धर्म बचाउन आग्रह गर्दै भनेका छन्, ‘धर्म परिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन्। पहिचानको रक्षा गरौं भन्ने कथित छदमभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन् । यिनले विदेशीले दिने डलरसँग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन्। सनातन धर्म संस्कृतिको रक्षा गरौं ।’































प्रतिक्रिया