इस्लामाबाद,
भारतीय शिख समुदायका तिर्थालुका लागि कर्तरपुर करिडोर खुला भएको छ । शिख समुदायलाई तिर्थयात्राका लागि भन्दै पाकिस्तान र भारतले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
पाकिस्तानी विदेश मन्त्रालयका अधिकारी मुहम्मद फैसल र भारतीय गृह मन्त्रालयका अधिकारी सुभास दासले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । यससँगै पूर्वी पाकिस्तानी जिल्ला नरोवलमा पर्ने कर्तरपुर नाकाबाट भारतीय शिख समुदायका मानिस भिसा विना नै प्रवेश पाउने छन् ।
श्री कर्तरपुर शाहिब गुरुद्वारा शिख समुदायका लागि पवित्र स्थल मानिन्छ । शिख समुदायका प्रवर्तक गुरु नानकको पूजाका लागि उक्त स्थलमा हरेक वर्ष भारतीय र पाकिस्तानी शिख तिर्थालु भेला हुन्छन् ।
एजेन्सी































प्रतिक्रिया