छात्रालाई जिउँदै जलाउने १६ जनालाई बंगलादेशमा मृत्युदण्ड

छात्रालाई जिउँदै जलाउने १६ जनालाई बंगलादेशमा मृत्युदण्ड

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बंगलादेशमा एक छात्राको जलाएर हत्या गरेको आरोपमा १६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । बंगलादेशको एक अदालतले द्रुत गतिमा सुनुवाई गर्दै मृत्युदण्डको सजाय दिन आदेश दिएको हो ।

१९ वर्षीया नुसरत जहान राफीलाई जिउँदै जलाएर हत्या गरिएको थियो । शिक्षकमाथि यौन दुव्यर्वहारको आरोप लगाएकी राफीलाई गत अप्रिलमा १६ जनाको समूहले जिउँदै जलाएर हत्या गरेको थियो ।

राफीको शव राजधानी ढाकाबाट १६० किलोमिटर पर रहेको फेनीमा फेला परेको थियो । उनले विद्यालयलका प्रधानाध्यापक सिराज उद दोउलाले आफूसहित अरु छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसको ११ दिनपछि (अप्रिल ६) उनी विद्यालय भवनको छतमा जलेको अवस्थामा भेटिएकी थिइन् ।

विद्यालयका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि उनलाई सो आरोप फिर्ता लिन दबाब दिइएको थियो । नमानेपछि दबाब दिने समूहले उनको जलाएर हत्या गरेको थियो ।

आगो लगाउनेहरुले आत्महत्या जस्तो देखाउनका लागि नुसरतलाई उद्धार गरेको नाटक गरेका थिए । शरिरको ८० प्रतिशत भाग जलेकी नुसरतको अप्रिल १० मा ज्यान गएको थियो । उक्त घटनापछि बंगलादेशमा ठूलो प्रदर्शन भएको थियो ।

Skip This
Skip This
Logo