मूल्यवृद्धि गतवर्षको भन्दा दोब्बर

मूल्यवृद्धि गतवर्षको भन्दा दोब्बर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३.८६ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्यवृद्धि उच्च छ।

काठमाडौं उपत्यकामा ७.९०, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ र हिमालमा ५.०२ प्रतिशत मुद्रास्फीति छ। ०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशत मुद्रास्फीति थियो।

बैंकका अनुसार दुई महिनामा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ प्रतिशतले वृद्धि भएकोे थियो। गन्तव्यका आधारमा भारततर्फ ४६.० प्रतिशत र अन्य मुलुकतर्फ ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोसाक, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष ०७६/७७ को दुई महिनामा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर २२९ अर्ब ५० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो।
नागरिकबाट

Skip This
Skip This
Logo