मुगु,
गएको साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगाढ खोलामा आएको बाढी पीडितलाई कात्तिकमा राहत वितरण गरिएको छ। बाढी पीडितलाई करिब चार महिनापछि बुधवार छायानाथ रारा नगरपालिकाले राहत वितरण गरेको हो।
वर्षाका कारण नाग्म गमगढी सडक अवरुद्ध हुँदा बजारमा सामान अभाव भएको र बजारमा भएको सामान पनि बाटोकै कारण पीडित जनताका घरसम्म लैजान नसकिएकाले राहत वितरणमा ढिलाई भएको छायानाथ रारा नगरपालिकाले जनाएको छ।
गएको साउन ३२ गतेको अविरल वर्षापछि छायानाथ रारा नगरपालिका–१, ४, ६ र ७ मा पर्ने गमगाढ खोलामा आएको बाढीले स्थानीयवासीको हजारौं रोपनीमा लगाएको अन्नवाली बगाएको थियो। बाढीले खेतवारीमा लगाएको अन्नवाली बगाएपछि खल्लो मन लिएर दसैं मनाएका स्थानीयले नगरको राहतले केही हल्का भएको महशुस गरेको बाढी पीडित वडा नम्बर ६ बालै बगरका स्थानीय जीवन रावलले बताए।
नगरपालिकाले वडा नम्बर ६ बालै, कोटीला र वडा नम्बर ७ पिना र तलि घुईरका २३० घरधुरीलाई एक,एक बोरा चामल र एक एक प्याकेट खाने तेल प्रदान गरिएको छायानाथ रारा नगरपालिकाले जनाएको छ।
नागरिकबाट































प्रतिक्रिया