लरीभित्र भेटियो ३९ जनाको शव

लरीभित्र भेटियो ३९ जनाको शव

केन्द्रबिन्दु
0
Shares

एसेक्स,
बेलायतको एसेक्स सहरमा एक लरीभित्र ३९ जनाको शव फेला परेको छ। एसेक्सस्थित पूर्वी एभिन्यू वाटरग्लेड औद्योगिक पार्कमा एक लरीबाट ३९ शव निकालिएको हो।

२५ वर्षीय लरी चालक हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार उक्त गाडी बल्गेरिया हुँदै होलीहेड एन्जलसबाट बेलायत पसेको हो।

३८ जना युवा र एक जना किशोरको शव रहेको बिबिसीले जनाएको छ। चालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
एजेन्सी

Logo