काठमाडौंको चाबहिलस्थित रहेको एउटा पुरानो घर भत्किंदा २ जना घाइते भएका छन्। भत्किएको उक्त घरमा एक व्यक्ति पुरिएको समेत आशंका गरिएको छ।
चाबहिल ब्यस्त सडकमा रहेको पुरानो घर भत्काउने क्र्ममा घरको बरन्डा अचानक खस्दा बाटो हिडिरहेका एक व्यक्ति सख्त घाइते भएका छन् । घाइतेलाई उपचारका लागि वीर अस्पताल र मेडिकेयरमा भर्ना गरिएको जनाइएको छ ।
उता काठमाडौँको तारकेश्वर नगरपालिका– ३ मा रहेको विद्याकुञ्ज इंग्लिस स्कुलको छत खस्दा ४० भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीहरुको गोंगबुस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।































प्रतिक्रिया