जनवादी गायक जीवन शर्मासँग प्रधानमन्त्रीको भेट

जनवादी गायक जीवन शर्मासँग प्रधानमन्त्रीको भेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गायक जीवन शर्मालाई भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री ओलीले शर्मालाई भेट गरेर उपचार गराइरहेका छोरा निर्मल आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

शर्माका माइला छोरा निर्मलको दसैँको दिन माछाको काँडा घाँटीमा अड्किएपछि उपचार गराइरहेका छन् । छोराको उपचारमा आर्थिक अभाव भन्ने समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर छोराको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका हुन् ।

तर गायक शर्माले उपचार भइरहेको तर सरकारी आर्थिक सहयोग नलिने बताएका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले छोरालाई जसरी हुन्छ, बचाउनु पर्ने र सहयोग चाहिएमा सरकार सहयोग गर्न तयार रहेको बताएका थिए ।

आइतबार भएको भेटका क्रममा गायक शर्माले तत्कालका लागि सहयोग आवश्यक नरहेको बताएका थिए । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे समेत जानकारी लिएका थिए ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका छोराको उपचारमा आर्थिक समस्या भएको भन्दै सहयोग अपिल गरिएको थियो । छोराको उपचारमा आर्थिक समस्यामा परेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् ।

छोरा बिरामी परेपछि जनवादी गायक जीवन शर्मालाई आर्थिक संकट

Logo