चिलीमा संकटकाल घोषणा

चिलीमा संकटकाल घोषणा

केन्द्रबिन्दु
0
Shares

चिली,

चिलीका राष्ट्रपतिले राजधानी सान्टियागोमा संकटकाल घोषणा गरेका छन् । सुरक्षा जिम्मा सैनिकलाई जिम्मा लगाउँदै उनले आपतकाल घोषणा गरेका हुन् । पछिल्लो समय चर्किएको प्रदर्शन हिंसामा रुपान्तरण हुँदै गएपछि राष्ट्रपति सेबास्सियन पिनेराले यस्तो घोषणा गरेका हुन् ।

उनले राष्ट्रिय सुरक्षाको जिम्मा मेजर जेनरल जाभियर इतुरियागा डेल काम्पोलाई लगाउँदै संकटकाल घोषणा गरेका हुन् । ‘मैले संकटकाल घोषणा गर्दै मेजर जेनरल जाभियरलाई राष्ट्रिय सुरक्षामा नियुक्त गरेको छु,’ राष्ट्रपति पिनेराले भने । शुक्रबारदेखि नै विभिन्न स्थानका प्रदर्शन प्रहरीसँग भिडन्त हुँदै हिंसात्मक बनेका छन् ।
एजेन्सी

Logo