एनआरएनएको मतगणना अन्तिम चरणमा, पन्त अगाडि

एनआरएनएको मतगणना अन्तिम चरणमा, पन्त अगाडि

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना अन्तिम चरनमा पुग्दा कुमार पन्त अगाडि देखिएका छन् ।

बिहीबार रातिदेखि सुरु भएको मतगणनामा १६ सय १० मत गणना सकिँदा कुलप्रसाद आचार्य अगाडि रहेका थिए । निर्वाचन समितिका संयोजक शिव रिजालले नतिजा घोषणा गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए।

बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको थियो । अस्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २११, अफ्रिकाबाट १६, एसिया प्यासिफिकबाट ४६२, मध्यपूर्वबाट ४७०, युरोपबाट ९२० र अमेरिका क्षेत्रबाट २६१ मत खसेको निर्वाचन समितिले जनाएको छ।

कूल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये केही पद निर्विरोध भएका छन्।

Skip This
Skip This
Logo