छोरा बिरामी परेपछि जनवादी गायक जीवन शर्मालाई आर्थिक संकट

छोरा बिरामी परेपछि जनवादी गायक जीवन शर्मालाई आर्थिक संकट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जनवादी गायक जीवन शर्मालाई आर्थिक संकट परेको छ । दसैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर छोरा अमृत बिरामी परेपछि उनलाई आर्थिक संकट परेको हो ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका छोराको उपचारमा आर्थिक समस्या खड्किएपछि गायक शर्मा समस्यामा परेका छन् ।

घाँटीको ठूलो अपरेशन गर्नुपर्ने भएकाले आर्थिक रुपमा समस्या परेको शर्माको भनाइ छ । उनले केही ऋण गरेर रकम जुटाए पनि त्यतिले पुगेको छैन् ।

केहीदिन देखि आर्थिक समस्यामा परेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । मंगलबार मात्र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले शर्मालाई भेटेर आर्थिक सहयोग गरेको थियो ।

त्यस्तै राजनीतिक दलका नेताहरूले समेत भेटेर सहयोगको प्रतिबद्धता जनाएका छन् । साथै उनीहरूले सहयोगको अपिल समेत गरेका छन् ।

Skip This
Skip This
Logo