अध्यक्ष कप फुटबल प्रतियोगिता आजदेखि

अध्यक्ष कप फुटबल प्रतियोगिता आजदेखि

केन्द्रबिन्दु
0
Shares

ललितपुर,

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा आजदेखि पहिलोपटक अध्यक्षकप फुटबल प्रतियोगिता हुन लागेको छ ।

वाग्मती खेलकूद विकास समिति र सो गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगिता आज असोज २९ गतेदेखि आगामी कात्तिक ६ गतेसम्म आठ दिन चल्ने भएको छ ।

सो गाउँपालिका–४ प्युटारको खयरघारीमा हुन लागेको प्रतियोगितामा वाग्मतीका ११, कोञ्ज्योसोम गाउँपालिकाका–२ र बकैया गाउँपालिका मकवानपुरका पाँच गरी कूल १८ टोलीको सहभागिता रहने गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन तामाङले जानकारी दिनुभयो । “यो प्रतियोगिताले मुलुकमा खेलकूद विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाको प्रतिभा उजागर गर्न सहयोग पु¥याउनेछ”, अध्यक्ष तामाङले भन्नुभयो, “हामीले यस प्रतियोगितालाई भव्यताका साथ अघि बढाउन खुलारुपमा इच्छुक व्यक्तिको निवेदन आह्वान गरेका थियौँ ।”

सो प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख, द्वितीय हुने विजेतालाई ५० हजार र सान्त्वना पाउने दुई टोलीलाई २०÷२० हजारसहित शिल्ड, पदक, प्रमाणपत्र र कदरपत्र दिइने कार्यक्रमका संयोजक बुद्धराज नेगीले जानकारी दिनुभयो । “हामीले ठूलो धनराशिको पुरस्कार राखेर प्रथमपटक यो प्रतियोगिता आयोजना गर्न लागेका हौं”, नेगीले भन्नुभयो, “स्थानीय कलाकारको सीपलाई प्रदर्शन गर्न खेलकूदको साथमा कराते प्रतिभा पनि देखाउने भएका छौँ ।”

Skip This
Skip This
Logo