जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा नेपालका सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् ।
ओखलढुंगा जान लागेका उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
नेपाल नागरिक उडड्यन प्राधिकरण जनकपुरले राजपा नेपालका सांसद प्रमोद कुमार साहमाथि किटानी दिएपछि जिल्ला अदालत धनुषाले उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । प्राधिकरणले जिल्ला प्रहरी कार्यालय धनुषामा गैर सैनिक हवाई उड्डयन ऐन २०१५ अन्तर्गत उजुरी दर्ता गराएको हो ।
सांसद साहले सोमवार जनकपुर विमानस्थलमा विमान ढिलो आएको भन्दै बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।





























प्रतिक्रिया