सुनको मुल्य प्रतितोला ७० हजार

सुनको मुल्य प्रतितोला ७० हजार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन तोलामा १०० रुपैंयाँले घटेको हो ।

आइतबार तोलाको ७० हजार १ सय रुपैंयाँमा कारोबार भएको छापावाल सुनको मुल्य सोमबार घटेर तोलाको ७० हजार रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि तेजावी सुनको मुल्य ६९ हजार ७०० रुपैंयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको भाउ प्रतितोला ८४५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

महासंघले विभिन्न कारणले उपत्यका बाहिर सुनचाँदीको मुल्यमा केहि घटबढ हुनसक्ने पनि जनाएको छ ।

Skip This
Skip This
Logo