एनआरएनए विश्व सम्मेलन मंगलबारदेखि, कुमार पन्त र कुल आचार्यको भिडन्त (प्यानलसहित)

एनआरएनए विश्व सम्मेलन मंगलबारदेखि, कुमार पन्त र कुल आचार्यको भिडन्त (प्यानलसहित)

केन्द्रबिन्दु
0
Shares

गैह्र आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन मंगलबारदेखि राजधानी काठमाण्डौमा हुने भएको छ ।

संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । सम्मेलनमा ८१ मुलुकका गैह्र आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागी समेत गरि २ हाजर ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ । सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ । “म, मेरो एन आर एन ए र मेरो नेपाल” भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ ।

राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ ।

एनआरएनएको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) बीच प्रतिस्पर्धा हुने भएको छ ।  पन्त नेकपा निकट र आचार्य काँग्रेस निकट मानिन्छन् ।

सोमबार दिउँसो आचार्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन् । यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ ।

यस्तै कुमार पन्त प्यानलबाट उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, धर्मराज अधिकारी, हिम्मत थापा, र सपिलाराज भण्डारी (रसिया) उपाध्यक्षको उम्मेदवार हुने भएका छन् । यस्तै महासचिवमा डा हेमराज शर्माको उम्मेदवारी पर्ने निश्चित भएको छ ।

यस्तै सचिवमा सचिव गौरी जोशीको नाम फाइनल हुँदा आरके शर्मा र शिव बरुवालबाट एक जनाको टुंगो लाग्नेछ । यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल, युरोप उपसंयोजक कृष्ण प्रसाद तिमल्सिना उम्मेदवार हुने भएका छन् ।

Skip This
Skip This
Logo