मकवानपुरको थाहा नगरपालिका ५ को वडा कार्यालयमा भएको आगजनीबाट नवनिर्मित चारकोठे भवन ध्वस्त भएको छ । उक्त भवन करिव १४ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।
आगजनीमा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय पालुङ्बाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सानो फाखेलका ४ जना र कैलालीका एक जना रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन।
आइतबार राति करिव साढे ११ बजे लागेको आगो स्थानीयले निभाएका थिए । भवनमा पेट्रोलियम पदार्थ छर्केर आगजनी गरिएको वडा सदस्य चमेली वाइबाले जानकारी दिइन्। वाइबाले कार्यालयमा भएका सम्पूर्ण समानहरु जलेर नष्ट भएको बताइन् ।
कार्यालयमा आगजनी भएपछि आजदेखि कामकाज ठप्प भएको छ।
थाहानगरमै यस अघि बा ३ क १२१५ नम्बरको टिप्पर र ना १ क ३२४२ नम्बरको एक्स्काभेटरमा आगजनी गरिएको थियो ।





























प्रतिक्रिया