चिनियाँ राष्ट्रपति सी ले टेके नेपाली भूमी

चिनियाँ राष्ट्रपति सी ले टेके नेपाली भूमी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चिनिया राष्ट्रपति सी चिनफिङ काठमाडौं ओर्लिएका छन् । भारतको चेन्नाई हुँदै राष्ट्रपति सी काठमाडौं ओर्लिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सी लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

राष्ट्रपति भण्डारी विमानसम्म पुगेरै सी लाई स्वागत गरेकी हुन् । सी लाई स्वागत गरेसँगै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सरकारका मन्त्री, नेपाली अधिकारीलगायतको परिचय गराएकी छन् । २३ वर्षपछि उत्तरी छिमेकी मुलुक चीनबाट भएको राजकीय भ्रमणलाई दुवै देशले निकै महत्व दिएका छन् ।

सी को भ्रमणलाई लिएर उच्च सुरक्षा सतर्कता अपनाईएको छ । सी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । सी लाई विमानस्थलमै नेपाली सेनाले सम्मान अर्पण गर्नेछ । सी लाई नेपाली सेनाले २१ तोपको सलामी दिएको छ ।

सी ले एयरपोर्टबाट सिधै होटल सोल्टी जानेछन् । त्यहाँ उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यस्तै, आइतबार साढे १० बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति सीबीच भेटघाट हुनेछ ।

Logo