तीनकुनेमा तीन मिनेटमै पिच (तस्बिर र भिडियोसहित)

तीनकुनेमा तीन मिनेटमै पिच (तस्बिर र भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नईबाट उडिसकेका छन् । अबको केही घण्टामा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।

काठमाडौंमा उत्रिन काउन्टडाउन सुरु भइसकेको छ । तर काठमाडौंका विभिन्न स्थानमा अझै सडक कालोपत्रे गरिदैंछ । काठमाडौंको तीनकुने र माइतीघर क्षेत्रमा कालोपत्रे गरिन लागेको हो । ती क्षेत्रमा यति छिटो कालोपत्रे गरियो कि तीन मिनेटमै पीच गरेर सकिएको थियो ।

सी को स्वागतका लागि सिँगारिनका साथै कतिपय ठाउँमा अझै सडक कालोपत्रे गर्ने क्रम जारी रहेको हो । शनिवार दिउँसो तीन बजे तिनकुनेमा तीन मिनेटमै पिच गरिएको थियो । तीनकुनेको गैह्रीगाउँमा सडकमा कालोपत्रे गरिएको हो ।

विमानस्थलदेखि सी बस्ने होटल, हिड्ने बाटो सबै सफा गरिएको छ । रंगरोगन गरिनुका साथै ठाउँ ठाउँमा स्वागतद्वार बनाइएका छन् । उनी हिड्ने सडक पुरै कालोपत्रे गरिएको छ । तर केही स्थानको भत्किएको क्षेत्रमा भने अझै कालोपत्रे गर्ने क्रम जारी रहेको हो ।

माथि आकाशमा सी चढेको प्लेन उडिरहेको छ तर तल सडकमा भने कालोपत्रे भइरहेको दृश्य देख्दा त्यहाँ उपस्थित सर्वसाधारण आश्चर्यचकित भएका छन् ।

 

Skip This
Skip This
Logo