काठमाडौं ।
योमरी भनेकै मनपर्ने रोटी । मनपर्ने रोटी भनेर नामकरण चाहिँ कसरी भयो ? कहिलेदेखि योमरी खाने चलन चल्यो ? योमरीको विशेषता के कति छन् ? यसतर्फ योमरी खाँदै रमाइरहेका आजका पुस्ताको ध्यान गएको छ त ? योमरी नामाकरण धनधान्यका देवता कुवेरले गरेका हुन् ।
योमरीलाई पनि पञ्चतत्वकै रूपमा लिइएको पाइन्छ । योमरीमा प्रयोग हुने चामलको पीठोलाई धर्ती, चाकुलाई अग्नि, पानीलाई जल, खाली स्थानलाई आकाश र तिललाई वायुका रूपमा लिइन्छ । आयुर्वेदिक मान्यता अनुसार योमरी धेरै नै पौष्टिक तत्वले भरिएको खाद्य पदार्थ हो ।
एउटा किंवदन्ती अनुसार स्वयम्भू महाचैत्य निर्माण गर्नु अघि एउटा नमुना बनाइएको रहेछ । सो नमुना योमरीको आकारबाट लिइएको हो भनिन्छ । स्वयम्भू महाचैत्यको तल गुम्बज आकारको राखेर माथि चुच्चो परेका १३ भुवनसहितको चक्रवाल हो भनिन्छ । यो चैत्यको गर्भभित्र पञ्चबुद्ध रहेको छ ।
योमरी बनाई दान गर्ने र खाने चलन पनौतीबाट सुरु भएको भनिन्छ । लिच्छविकालीन समयमा उपत्यकाका मानिस तराई जानुपर्यो भने पनौती भएर जानुपर्ने रहेछ । उक्त समयमा पनौती देश विकसित भइसकेको रहेछ । यहि समयदेखि योमरी खाने परम्परा बसेको मानिन्छ । त्यसो भए यो कसरी बनाइन्छ त ? आज हामी यसको जानकारी दिंदैछौं । हेरौं यो भिडियो :





























प्रतिक्रिया