विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

भक्तपुरमा आयोजित ५८ औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट गुथिले भक्तपुरको सूर्यविनायकमा दुईदिन सञ्चालन गरेको सो सम्मेलनमा विराट गुथीका सल्लाहकार कवि योगेन्द्र प्रधानले विराट भाषा साहित्य सम्मेलनले भाषिक तथा साहित्यक योगदान दिँदै धेरै साहित्यकार जन्माएको बताउनुभयो । विराट गुथी कुनै राजनीतिक पार्टीको संस्था नभएकाले नेपाल भाषाको मौलिकतालाईै लोप हुनबाट जोगाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा डा पुष्पराज राजकर्णिकारले पछिल्लो समयमा नेपाल भाषाको प्रयोग घट्दै गएकाले नेपाल भाषा कमजोर बन्दै गएको बताउदै भाषिक पहिचान गुमाउनबाट जोगाउनुपर्ने बताउनुभयो ।

सम्मेलनमा साहित्यकार तिलकप्रकाश कायस्थ, नेपाल प्रज्ञा प्रतिष्ठानका नेपाल भाषा विभागका प्रमुख लक्ष्मी माली, कथा साहित्यकार राजा शाक्य, राकेश महर्जन सुकुन्दा श्रेष्ठ, त्रिरत्न शाक्य, पुष्प तिमिला लगायतले नेपाल भाषाको महत्वमाथि प्रकाश पार्दै यसलाई जोगाउन नयाँ पुस्तालाई नेपाल भाषामा दक्ष बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।

जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने नाराका साथ भएको सम्मेलनमा नेपाल भाषाका साहित्यकारले तीन दर्जनभन्दा बढी नेपाल भाषाका साहित्य एवं रचना वाचन गर्नुभएको थियो ।

Skip This
Skip This
Logo