काभ्रेमा पनि सवारी दुर्घटना, ३ जनाको मृत्यु

काभ्रेमा पनि सवारी दुर्घटना, ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रे,
जिल्लाको रोशी गाउँपालिका ३ स्थित खहरेपागुमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

महाभारत गाउँपालिकाबाट बनेपा आउने क्रममा बा ३ ख ३५९५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य १० जना घाइते भएका छन् । घाईतेलाई धुलिखेल अस्पतालमा ठाउँ नभएपछि शिर मेमोरियल अस्पताल बनेपा लगिदै छ । मृतक मध्ये प्रकाश मोक्तान र अबल बम्जनको नाम खुलेको छ भने अर्का एक जनाको सनाखत भएको छैन ।

सो मिनिट्रकमा दशैं मनाएर फर्कने ३५ भन्दा बढी यात्रु चढेका थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । आजै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ५० भन्दा वढी घाइते भएका छन् ।

Skip This
Skip This
Logo