काठमाडौं,
चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आइपुग्दै हुनुहुन्छ । यसबीचमा राष्ट्रपति सीले उच्चस्तरीय भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यस विचमा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यतालिका छ । उहाँ शनिबार दिउँसो ४ः३० बजे काठमाडौं आइपुग्ने र आइतबार मध्याह्न १२ः३० बजे स्वदेश फर्कनुहुनेछ । यस्तो छ कार्यतालिका :
शनिबार
दिउँसो ४ः३० देखि ५ः३० बजेसम्ममा त्रिभुवन विमानस्थलमा उत्रने
साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने
साँझ ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने
आइतबार
विहान १०ः३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने
दिउसो १२ः३० बजे स्वदेश फर्कने































प्रतिक्रिया