दोस्रो कोशिपारी च्याम्पियनमा सदावहार टिमको जित

दोस्रो कोशिपारी च्याम्पियनमा सदावहार टिमको जित

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

जिल्लाको कोशिपारीमा दोस्रो कोशिपारी च्याम्पियन ०७६ सम्पन्न भव्य र सभ्य रुपमा भएको छ । बडादशैंको अवसरमा असोज १६ गतेदेखि असोज २० गतेसम्म भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको नक आउट चरणका खेलमा सबैलाई पन्छाउदै डिफेन्डिङ च्याम्पियन सदावहार युवा क्लब र पिपल डाँडा युवा क्लब फाईनल चरणमा पुगेका थिए ।

फाइनल खेलमा निर्धारित समयमा दुबै टिमको बराबरी गोल भएपछी पेनाल्टी सुट आउटमा सदावहार युबा क्लब ४/३ गोल अन्तरले लगातर तीन पटक उपाधी चुम्न सफल भयो । यो उपाधिसँगै बिजेता टिम सदावहारले नगद ५० हजार सहित ट्रफी हात पार्यो । यस्तै टिमका तर्फबाट बेष्ट गोलकिपर सन्तोष महत र बेष्ट मिड फिल्डर सुदिप गुरुङले हात पारे ।

उपबिजेता पिपलडाँडा युवा क्लबले नगद २५ हजार सहित बेष्ट प्लेयरमा गौरव भण्डारी ,बेष्ट डिफेन्समा सतिस सुवाल र बेष्ट फरवार्डमा दिल कुमार तामाङले जित हात पारेका थिए । ड्रागन ब्वाइज युनाईटेड क्लबको दोस्रो संस्करणको आयोजना रहेको प्रतियोगितामा समाजसेवी हरिचन्द्र लामाको प्रमुख आतिथ्यमा समापन हुने भनिएता पनि कारणबस उहाँको उपस्थिति हुन सकेन । तसर्थ क्लबका अध्यक्ष एवं समाजसेवी राम कुमार खड्काले बिजेता र उपबिजेताहरुलाई पुरस्कार बितरण गर्नुका साथै आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सहभागी सम्पूर्ण टिम ,बिजेता ,उपबिजेता टिम ,खेलाडीहरु, सहयोगि संघसंस्था लगायतमा धन्यवाद व्यक्त गर्नुभयो ।

Logo