नेकपा अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ।

नेकपाले आयोजना गरेको विभिन्न सभामा प्रचण्डले अदालतका न्यायाधीशमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा अधिवक्ता समीर हायुले उनीविरुद्ध मुद्दा दायर गरेका हुन्।

प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले न्यायाधीशहरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विवेक नपुर्‍याए जनविद्रोह हुने चेतावनी दिएको र उनको यही भनाइले अदालतमाथि अवहेलना पुगेको रिट निवेदकले उल्लेख गरेका छन् । उक्त मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सहित चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धको सर्वोच्चमा अवहेलना मुद्दा परिसकेको छ।

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्दै वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माविरूद्ध मुद्दा दर्ता भएको थियो।

Logo