काठमाडौं ।
गायक रेशम पुनको स्वर रहेको ‘ओ मेरी जुरेली’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत रेशम पुनकै रहेको छ भने पुरुषोत्तम न्यौपानेले यसको एरेन्ज गरेका हुन् । श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका छन् ।
गीतमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ । केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफी रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका हुन् । गीतलाई श्रीपेज टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा न्युन वर्गको प्रेमकथा चित्रण गरिएको छ ।
भिडियोको बजार प्रवर्द्धन आवृत्ति मिडियाले गरेको हो । गीत यस्तो छ :





























प्रतिक्रिया