निवर्तमान सभामुख महरा पक्राउ, सांसद पद पनि गयो

निवर्तमान सभामुख महरा पक्राउ, सांसद पद पनि गयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । बलात्कार प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले पक्राउका लागि अनुमति दिए लगत्तै महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिनु अघि महरा निवासमा प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी  दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । राजीनाम दिए पनि सभामुखको सरकारी निवासमा नै रहेका महरालाई प्रहरीले त्यहीबाटै नियन्त्रणमा लिएको हो । पक्राउ पूर्जी जारी भएसँगै सभामुख निवासमा प्रहरीको हलचल बढेको थियो । सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा निगरानी बढाएको थियो । सभामुख निवासको गेट बन्द गरिएको थियो ।

महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई तीन वर्ष कैद सजाय र ३० हजार जरिवाना हुनसक्नेछ । सरकारी निवास पुगेको प्रहरीलाई महराले निजी गाडिमा जान प्रस्ताव गरेका थिए । महराले निजी गाडीमा जाने र प्रहरीको गाडी नचढ्ने बताएपछि प्रहरीले निजी गाडीको व्यवस्था गरेको थियो । पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोपमा महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उक्त किटानी जाहेरीको आधारमा अदालतको अनुमतिपछि महरालाई आइतबार अपरान्ह प्रहरीले नियन्त्रणमा लिएको हो । बलात्कार आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिएका छन् । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

शाहीले आफुलाई महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । शाहीको कोठावाट महराको फुटेको चस्मा र उनले पिएको रक्सीको बोतल बरामद गरिसकेको छ । प्रहरीले यसैलाई प्रारम्भिक प्रमाण मान्दै अनुसन्धान प्रक्रिया अघि वढाइसकेको जनाएको छ ।

Skip This
Skip This
Logo