त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको उपकुलपति पदका लागि डा. भगवान् कोइरालासहित तीन जना सिफारिस भएका छन्।
शिक्षामन्त्रीको अध्यक्षतामा बसेको सर्च कमिटीको वैठकले वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला सहित दोस्रो नम्बरमा प्राध्यापक डा.धर्मकान्त बास्कोटा र तेश्रो नम्बरमा प्राध्यापक डा. चन्द्रमणि पौडलेको नाम सिफारिस गरेको हो ।
त्रिभुवन विश्वविद्यालयमा तत्कालीन उपकुलपति तीर्थ खनियाको ४ वर्षे पदावधी सकिएपछि भदौ पहिलो साताबाट त्रिविमा उपकुलपति पद रिक्त थियो । शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई तीन महिनाका लागि उपकुलपतिको बनाइएको छ ।
सर्च कमिटीमा कमल गुरागाइ र डिल्ली शर्मा सदस्य थिए ।





























प्रतिक्रिया