सभामुख कृष्णबहादुर महराको समाचारलाई विश्वभरका संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन्।
छिमेकी मुलुक भारतका संचारमाध्यमदेखि द न्यूयोर्क टाइम्स, याहु, द वासिङटन पोस्टलगायतले समेत समाचार सम्प्रेषण गरेका छन्। अधिकांश मिडियाले ‘नेपालका सभामुखमाथि बलात्कारको आरोप’ शिर्षक राखेका छन्।
द न्यूयोर्क टाइम्सले मादक पदार्थ सेवन गरेर महिलाको कोठामै गएर बलात्कारको प्रयास गरेको उल्लेख गरेको छ । त्यस्तै, द वासिङटन पोस्टले सभामुख महरालाई बलात्कार आरोप शीषर्कमा समाचार प्रकाशन गरेको छ । उसले नेपालको ठूलो दलको शीर्ष नेता एवम् संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सरकारी जागिरे एक महिलामाथि बलात्कारको प्रयास गरेको भन्दै समाचार लेखेको छ।
त्यस्तै सनहेराल्ड डटकमले महिलाको श्रीमान घर नभएको बेला महरा पुगेको र जबरजस्ती करणीको प्रयास गरेको उल्लेख गरेको छ । एएनआई न्यूज डट इनले संघीय संसद्को सचिवालयमा काम गर्ने महिलालाई बलात्कारको प्रयास गरेको उल्लेख गरेको छ ।
त्यस्तै सिटि न्यूज, द न्यूज ट्रिब्युन, न्यूज याहू, आउट लुक, एसियन एज लगायतका मिडियाले समाचार लेखेका छन्।



































प्रतिक्रिया