काठमाडौं,
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता मीनेन्द्र रिजाललाई तनहुँमा नेकपाका कार्यकर्ताले कार्यक्रममा उपस्थित हुन अवरोध गरेको घटनाप्रति आपत्ति जनाएका छन्।
घटना लगत्तै विज्ञप्ति जारी गर्दै नेता पौडेलले नेकपाका कार्यकर्ताको मण्डले शैलीको अवरोधले पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य रिजालसँगै स्थानीय जनताको पनि अपमान गरेको उल्लेख गरेका छन्।
यस अघि जागरण अभियानका क्रममा बाँकेमा सभापतिको हात भाँचिने गरी आक्रमण भएको र अहिले नेता रिजालमाथि सत्ताको आडमा दुर्व्यवहार हुनु आपत्तिजनक रहेको भन्दै सत्तारुढ नेकपाको सिलसिलेवार आक्रमणविरुद्ध अब चुप नलाग्ने चेतावनी पौडेलले दिएका छन्।
‘सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ’, पौडेलले भनेका छन्।
नागरिकबाट































प्रतिक्रिया