समीक्षा पोखरेल अभिनित ‘चिरा पर्‍या छ‘ युट्युब ट्रेडिङमा (भिडियो)

समीक्षा पोखरेल अभिनित ‘चिरा पर्‍या छ‘ युट्युब ट्रेडिङमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केहि महिना अगाडि सार्वजनिक भएको बादल थापाको आवाजमा रहेको गीत ‘चिरा पर्‍या छ‘ को चौतर्फी लोकप्रियता पछि गायिका अस्मिता अधिकारीको आवाजमा फिमेल भर्सन चिरा पर्‍या छ‘ गित सार्वजनिक भएको छ । आहा टिभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको फिमेल भर्सनमा गायक बादल थापाकै शब्द तथा संगीत रहेको छ ।

बिन्दास मिडिया नेटवर्कको व्यानरमा निर्माण भएको भिडियोमा कलाकार रोश्नी कार्की, चिरञ्जीवी सापकोटा, समीक्षा पोखरेल, प्रेम पुरी, मनिषा आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ भने दुर्गेश थापा पनि अतिथि भूमिकामा भिडियोमा प्रस्तुत भएका छन् । समीक्षा पोखरेल पनि गित सम्भावना बोकेकी मोडल हुन् ।

मेल भर्सन जस्तै यो गीत पनि लोकप्रिय बन्दै गएको छ । म्युजिक भिडियो सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेडिङमा आईसकेको छ । यो न्युज तयार पार्दासम्म एक लाख भन्दा बढी दर्शक स्रोताको नजरमा परिसकेको छ भने युट्युब ट्रेडिङ २२ मा आईसकेको छ ।

गलत बुधाईका कारण प्रेमिल सम्बन्ध कारुणिक अवस्थामा पुगेको प्रेमकथालाई भिडियोमा कलात्मक शैलीमा देखाइएको म्युजिक भिडियोका निर्देशक सृजन बराल हुन् । भिडियोमा उनको निर्देशकिय पाटो पनि तारिफयोग्य छ। दीपक गिरीको क्यामरा, राजेश घिमिरेको डिओपी र दिन्सन शाहको सम्पादन एवम् रंग संयोजन भिडियोमा रहेको छ। भिडियो :

Logo