भारतीय सेनाको हेलिकप्टर भुटानमा दुर्घटना, २ जनाको मृत्यु

भारतीय सेनाको हेलिकप्टर भुटानमा दुर्घटना, २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

थिम्पु,

भारतीय सेनाको हेलिकप्टर भुटानको पूर्वी क्षेत्र योन्फुलामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भारतीय सैनिकको तालिमका लागि खटिएको हेलिकप्टर शुक्रबार दुर्घटना भएको हो । दुर्घटनामा भुटानी नागरिक पनि परेका छन् ।

हेलिकप्टर अरुणाञ्चल प्रदेशको खिर्मुबाट योन्फुलाका लागि उडेको थियो । दिउसो १ बजे उक्त हेलिकप्टर योन्फुलाबाट सम्पर्कविहीन भएको हो । घटनास्थलमा सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् ।
एजेन्सी

Skip This
Skip This
Logo