बैंक ह्याकर एजेन्टको जवाफ, ‘मास्क नलगाउनु मेरो अधिकार हो’

बैंक ह्याकर एजेन्टको जवाफ, ‘मास्क नलगाउनु मेरो अधिकार हो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सामान्यतया कुनै आरोपमा पक्राउ परेका व्यक्तिको मुखमा मास्क लगाउने गरिन्छ । नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय प्रचलनमा समेत पक्राउ परेका व्यक्ति सार्वजनिक गर्दा मुख नदेखिने गरी छोपिन्छ । जघन्य अपराधमा पक्राउ परेकालाई भने पुरै मुख छोपिन्छ ।

तर कृषि विकास बैंक ह्याकिङ अभियोगमा पक्राउ परेका व्यक्तिले मुखमा लगाएको मास्क पनि खोलेका थिए । कृषि विकास बैंक लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी आरोपमा पक्राउ परेकालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका १२ जनामध्ये चार जनालाई सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएकामध्ये एक महिला छिन् ।

पक्राउ पर्नेमा नुवाकोटका लावाङ तामाङ, रसुवाकी लक्ष्मी लामा, तारकेश्वरका सञ्जय घले, रसुवाकी निर्मला तामाङ, सोही ठाउँकी निमा तामाङ, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारत कलकत्ताका शुबंकर पञ्जा र कैलालीका चन्द्र बहादुर बुढा छन् ।

कृषि विकास बैंक लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी आरोपमा पक्राउ परेका अभियुक्त । तस्बिरः राजेश विक/केन्द्रबिन्दु ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेका चार जनामध्ये एकले मुखमा लगाएको मास्क खोलेका थिए । मास्क लगाउनु नि भन्दा उनले ‘मास्क किन लगाउने ? मेरो अधिकार हो ।’ भन्दै उल्टै पत्रकार र प्रहरीलाई प्रतिप्रश्न गरे । उनी थिए नुवाकोटको मेघपा गाउँपालिकाका लवाङ तामाङ ।

प्रहरीले हिरासतमा लैजाँदै गर्दा उनले केहीबेर आफ्नो कथा भन्न भ्याए । लवाङ ऋणमा थिए । पैसाको खोजीमा रहेको बेला धादिङका ‘खम्पा दाई’ सँग भेट भयो । खम्पाले सजिलै पैसा कमाउने आईडिया दिए । त्यो आइडियो थियो, ‘व्यापारको पैसा विदेशबाट आउँछ त्यो निकालेर हुण्डि गर्नेलाई दिएपछि कूल रकमको १० प्रतिशत पाउँछौ ।’

‘सजिलै पैसा कमाउने देखेपछि उनी लोभिए । एकपटक १० लाख रुपैयाँ निकालेर विदेश पठाएँ, त्यसपछि पिटरले भने अनुसार हामी दोस्रो पटक पैसा निकाल्दै थियौं ।’ उनले भने । ‘खम्पा दाई’ लवाङ र पिटरको सम्पर्क गराएपछि सम्पर्क बिहिन भए । अनि लवाङ र पिटर विच्याटमा कुरा गर्न थाले । कृषि विकास बैंकबाट अर्बौ रुपैयाँ निकाल्ने योजना पिटरले बताए । यसका लागि बैंकमा खाता भएका मान्छे खोज्न थाले ।

पाँच अर्ब रुपैयाँ निकाल्न धेरै जना चाहिएको थियो । लवाङ मानिस खोज्न थाले । मान्छे खोज्दै जाँदा उनले आफ्नै माइजूलाई पनि गिरोहमा सामेल गरे । सोमबार विहान पक्राउ परेकी रसुवा नौकुण्ड गाउँपालिकाकी लक्ष्मी तामाङ उनकी माइजू हुन् ।
लक्ष्मीले कृषि विकास बैंकबाट १९ लाख रकम निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले पत्रकार सम्मेलनमा उपस्थित भएका सबैलाई वेभ गर्दै हात हल्लाए । उनको क्रियाकलाप हेर्दा लाग्थ्यो, कुनै राम्रो काम गरेर प्रशंसाको पात्र बनेका हुन् । तर उनी ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेको अभियोगमा पक्राउ परेका अभियुक्त हुन् । सार्वजनिक गरिएकी एक्ली महिला लक्ष्मी भने पत्रकार सम्मेलनमै एकदम नर्भस भएकी उनी सम्मेलनबाट प्रहरीले बाहिर ल्याउँदा क्वाँ…क्वाँ… रोइरहेकी थिइन् ।

योजनाकार भारतीय, नेपालीलाई ३५ प्रतिशत कमिशनः
कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर हुन् । उनी भारतमा बस्छन् । उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएका थिए ।

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल ह्याकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ ।

लुटेको रकम हुण्डीमार्फत भारत पठाउने गरिएको थियो । ह्याकिङमा प्रयोग हुने नेपालीलाई भने १५ देखि ३५ प्रतिशत कमिसन पाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

कालेको कर्तुत: ५ अर्ब ह्याक गर्ने योजना, नेपालीलाई ३५ प्रतिशतसम्म कमिशन

Skip This
Skip This
Logo