कस्ताे रहला आगामी तीन दिनको मौसम ?

कस्ताे रहला आगामी तीन दिनको मौसम ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार देशभर मौसम सामान्यतया सफा रहेपनि पश्चिमी वायुको सामान्य प्रभावले तराई/पहाडका केहि भू-भागमा हुस्सु/कुहिरो लागेको हो।

शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार दिउँसो प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार दिउसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

Logo