प्रविण बेडवाल र समीक्षा अधिकारीको ‘लाइदेउ माया’ सार्वजनिक (भिडियोसहित)

प्रविण बेडवाल र समीक्षा अधिकारीको ‘लाइदेउ माया’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अहिलेका चर्चित गायक प्रविण बेडवाल तथा गायिका समीक्षा अधिकारीको सुमधुर आवाजमा सजिएको गीत ‘लाइदेउ माया’ करुणा कंडेलको निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्मेन्टको यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन पुरुषोत्तम न्यौपानेले गरेका छन् । गीतमा प्रखर अभिनयले खारिएका कलाकारद्वाय सागर लम्साल ’बले’ र गरिमा शर्माका साथै गीतकार गणेश उप्रेतीको पनि अभिनय रहेको छ । यस म्युजिक भिडिओको निर्देशन र सम्पादन शक्ती प्रजोल घिमिरे गरेका छन् ।

कथा तथा कोरियोग्राफरमा प्रविन थापा छन् । यस म्युजिक भिडियोलाई छायांकन नमराज घिमिरेले गरेका छन् । पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्मा यस गीतमार्फत प्रेम जोडीको रुपमा देखा परेका छन् । निर्माण पक्षले यस गीतले दर्शकको मन जित्ने विश्वास उनीहरुको छ । यस भन्दा पहिले पनि गीतकार उप्रेतीको “लगन जुरेर” गीत सार्वजनिक भईसकेका छन् । भिडियो :

 

Logo