आजदेखि देशभर कबड्डी कबड्डी कबड्डी

आजदेखि देशभर कबड्डी कबड्डी कबड्डी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नामको आधारको हिट सिरिज फिल्म कबड्डीको तेस्रो सिरिज कबड्डी कबड्डी कबड्डी आज शुक्रबारदेखि अल नेपाल रिलिजमा आउने भएको छ। बिहीबार राजधानीमा प्रिमियर शोको आयोजना गर्दै यो फिल्म आजबाट रिलिजमा आउन लागेको हो।

रामबाबु गुरुङद्वारा निर्देशित फिल्ममा दयाहाङ राई, कर्मा, विल्सनविक्रम राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाल, लुनिभा तुलाधार, अरूणा कार्की, कविता आले, मणिकुमार राईलगायतका कलाकारले अभिनय गरेका छन्।

स्वजातीय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथावस्तुमा बनेको फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका छन्।

सिनेमा आर्टस्, बाँसुरी फिल्म्स् र माउन्टेन स्टोरीजको ब्यानरमा मणिराम पोखरेल, ओमचन्द रौनियार र अर्जुन कार्कीद्वारा निर्मित फिल्ममा संगीत रोहित शाक्य, छायांकन शैलेन्द्रध्वज कार्की र सम्पादन सुरेन्द्र पौडेलको रहेको छ।

Skip This
Skip This
Logo