मुस्ताङबाट तीर्थयात्री बोकेर पोखरा उडेको हेलिकोप्टर म्याग्दीको रघुगंगामा आकस्मिक अवतरण गरिएको छ । खराब मौसमका कारण एयर डाइनेस्टिकको उक्त हेलिकोप्टर धानखेतमा अवतरण गरिएको हो ।
हेलिकप्टर रघुगंगा गाउँपालिका–२ राखुस्थित धानखेतमा आकस्मिक अवतरण गरिएको छ । पाइलट अर्जुन मल्ल र मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक हेलिकोप्टरमा सवार थिए । सवार सबै यात्रु सकुशल रहेको जिल्ला प्रशासन म्याग्दीले जनाएको छ ।































प्रतिक्रिया