विशेष पूजा गर्दै प्रधानमन्त्रीले गरे नयाँ संसद भवनको शिलान्यास

विशेष पूजा गर्दै प्रधानमन्त्रीले गरे नयाँ संसद भवनको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र नयाँ संसद भवन बन्ने भएको छ । १५ वर्ष अघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भवनको डिजाइन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान विशेष पूजा गरेर सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । सिंहदरबार भित्रको पुतली बगैंचामा भवन शिलान्यास गरिएको हो ।

शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ । आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ।

मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।

Skip This
Skip This
Logo